अमेरिकाको साउथ केरोलिनामा कुकुरलाई यातना दिने व्यक्तिलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । कुकुर बढी भुकेको भन्दै बिजुलीको काममा प्रयोग हुने टेपले मुख बाधिदिएका एक २३ वर्षीय विलियन शोडसनलाई जेल सजाय सुनाइएको हो ।
उनलाई पशु माथि क्रुरता अपनाएको भन्दै अधिकतम सजाय सुनाइएको हो । न्यायाधीश मार्कले डेनिसले यस्तो सजाय सुनाएका थिए ।
चार्ल्सटन एनिमल सोसायटीका निर्देशक एल्डविन रोमनले यस घटनाले पशुमाथि क्रुरता अपनाउन नहुने सन्देश दिएको बताए । मुख बाँधिएको कुकुरलाई गम्भीर अवस्थामा भेटाइएको थियो । टेपले गर्दा उसको जिब्रो काटिएको थियो भने मुखबाट रगत बगिरहेको थियो कुकुरलाई यातना दिँदा पाँच वर्षको जेल सजायँ
अमेरिकाको साउथ केरोलिनामा कुकुरलाई यातना दिने व्यक्तिलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । कुकुर बढी भुकेको भन्दै बिजुलीको काममा प्रयोग हुने टेपले मुख बाधिदिएका एक २३ वर्षीय विलियन शोडसनलाई जेल सजाय सुनाइएको हो ।
उनलाई पशु माथि क्रुरता अपनाएको भन्दै अधिकतम सजाय सुनाइएको हो । न्यायाधीश मार्कले डेनिसले यस्तो सजाय सुनाएका थिए ।
चार्ल्सटन एनिमल सोसायटीका निर्देशक एल्डविन रोमनले यस घटनाले पशुमाथि क्रुरता अपनाउन नहुने सन्देश दिएको बताए । मुख बाँधिएको कुकुरलाई गम्भीर अवस्थामा भेटाइएको थियो । टेपले गर्दा उसको जिब्रो काटिएको थियो भने मुखबाट रगत बगिरहेको थियो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।