१. संक्रमण सर्ने खतरा – जब हामी कसैलाई चुम्बन गर्ने क्रममा अघि बढ्छौ, हाम्रो दिमागमा रोग सर्ने खतराबारे एउटा कुरा पनि दिमाग आउँदैन । यौन सम्पर्कबाट मात्रै रोगको संक्रमण हुन्छ भन्ने मानसिकता छ, तर चुम्बनका क्रममा पनि एक व्यक्तिबाट अर्कोमा संक्रमणको खतरा हुन्छ । २. रुघाखोकी – रुघाखोकी लागेको व्यक्तिले अर्कोलाई चुम्बन गर्दा र्यालबाट सर्न सक्छ । विशेषगरी यो तीन तरिकाले सर्छ, हाछ्यु गर्दा, खोक्दा र चुम्बन गर्दा । ३. फोका वा ठेउला उठ्ने – ओठमा फोका वा ठेउला चुम्बनको माध्यमबाट सर्ने रोग हो । ४. खटिरा – यो पनि एक सरुवा रोग हो, जुन चुम्बन तथा यौन सम्पर्कबाट पनि सर्न सक्छ । ५. मस्तिष्कमा असर – मष्तिस्कको वरिपरिको जाली सुन्निने समस्या उत्पन्न गराउँने जीवाणु चुम्बनबाटै सर्छ । यो रोग सरेमा घाँटी कडा हुने, ज्वरो र टाउँको दुखाईजस्ता लक्षण देखा पर्न थाल्छ । यस्तो लक्षण देखिए मेन्निजजाइटिस भएको हुनसक्छ र एक मिनेटपनि खेर नफालि अस्पताल पुग्नुपर्छ। ६.श्वासप्रश्वास सम्बन्धी समस्या – यसमा चिसो, फ्लु तथा दादुरा जस्तो समस्यालाई दर्शाउँछ । यस्तो समस्या संक्रमण भएको व्यक्तिसँग एउटै कोठामा रहनु भएमा पनि सर्न सक्छ । तर, जब तपाई यस रोगको संक्रमित व्यक्तिसँग चुम्बन गर्नुहुन्छ, यो रोग तपाईमा सर्ने संभावना पनि बढेर जान्छ । ७. गिजासम्बन्धी रोग – गिजासम्बन्धी रोग चुम्बनले फैलने हुँदैन । यद्यपी, केही खराब जीवाणुका कारण यो रोग निम्त्याउँन सक्छ ।