काठमाडौ/ एक समय पानी बाराबारको अबस्थामा रहेका कलाकार रेखा थापा र आर्यन सिग्देल एकसाथ पर्दामा देखिने भएका छन् ।

सात बर्ष अगाडिको कसले चोर्यो मेरो मन चलचित्र अभिनयपछि मन मुटावका कारण एक साथ पर्दामा नदेखिएका यी कलाकार निर्माणको तयारिमा रहने चलचित्र ‘रुद्रप्रिया’मा एकसाथ देखिन लागेका हुन् ।

रेखा फिल्मसबाट बन्ने ‘रुद्रप्रिया’मा रेखाको अपोजिटमा आर्यन छनौट भएका छन् । बुधबार रेखा फिल्मसको कार्यालय बालुबाटारमा आर्यन उपस्थित थिए ।

रेखासँग व्यत्तिगत दुश्मनी कहिल्यै नभएको बताउदै आर्यनले स्क्रिप्टले बोलाएर सँगै अभिनय गर्न लागेको बताए ।

आर्यन र आफ्नो जोडी हलमा नआउँदा चलचित्र क्षेत्रलाई नै घाटा लागेको बताउदै दर्शकका लागि चलचित्र अभिनय गर्न लागेको बताए ।

आर्यन र रेखाले ‘किस्मत’, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ जोडी भएर अभिनय गरेका थिए ।

सुदिप बबी भूपाल सिंहको लेखन तथा निर्देशन रहने ‘रुद्रप्रिया’ को छायाँकन जेठ महिनाको पहिलो सातादेखि सुरु हुनेछ भने रिलिज कात्तिक २ गते लक्ष्मी पूजालाई तोकिएको छ । रमेश एमके पौडेल र सरस्वती थापा निर्माताको रुपमा रहेको फिल्ममा संजय लामाको छायाँकन, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहनेछ ।