यदी महिला पुरुषमा ‘भर्चुअल सेक्स’ को बानी परेको छ भने उनीहरको जीवनमा संकट पर्ने गरेको छ । नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ इन्टरनेट डी एडिक्शन सेन्टर भारतमा काम गर्ने डाक्टर मनोज कुमार शर्माले मानिसले तनाव कम गर्नका लागि इन्टरनटमा पोर्न भिडियो हेर्ने गरेको तरपछि यदी उनीहरुले यस्तो भिडियो हेर्न पाएनन् भने समस्या र पीडामा पर्ने गरेका बताए ।

उनी भन्छन्,‘इन्टरनेटमा पोर्न भिडियो हेर्न र भर्चुअल यौन सम्बन्ध राख्ने मानिसको विवाहपछिको जीवनमा नराम्रो असर पर्न सक्छ ।’

उनले हाललसालै आफूसँग २५ –४० जना विरामी आएको र ति मध्ये पाँच विरामी यौनका कारण समस्यामा परेको फेला पारे । राम्रो कमाई हुँदाहुँदै पनि आफ्ना यौन साथीसँग राम्रो विवाहीत सम्बन्ध बनाउन नसकेकोमा दुखी भएका विरामी उनीसँग अए ।

एक विरामी सुरेश(फेरिएको नाम)को उदाहरण दिँदै डाक्टर शर्मा भन्छन्, ‘सुरेशले आफूलाई शान्त गर्नका लागि पोर्न भिडियो हेर्न शुरु गरे तर फेरि यसको बानी नै पर्न गयो । जब समय मिल्थ्यो उनी घरमा पनि भिडियो हेरेर बस्थे । अवस्था यस्तो भयो कि उनी कहिलेकाहि तीन चार घण्टासम्म पोर्न भिडियो हेर्थे ।’

उनी भन्छन्,‘जब सुरेशले आफूमाथि नियन्त्रण गर्न सकेनन् उनी अफिसमा पनि भिडियो हेर्न थाले । त्यसपछि उनकी श्रीमतीले उनलाई उपचार गर्न ल्याइन् ।

सुरेशलाई छ महिनासम्म उपचार गरियो । उनलाई केही औषधी र परामर्श दिइयो तर उनले आफूलाई स्वयम् ख्याल गर्ने जरुरत छ ।

भर्चुअल यौनबाट कसरी बाहिर निस्कन सकिन्छ त ? भन्ने प्रश्नमा यौन रोग विशेषज्ञ डाक्टर कामराज भन्छन्, ‘जब आवश्यकता छैन भने फोन या इन्टरनेट नचलाउनुहोस् ।र, आत्मनियन्त्रणमा जोड दिनुहोस् ।’

उनका अनुसार यौनमा रुची नभएको बताउनेवाला धेरै जोडीमा इन्टरनेट पोर्न हेर्नेकाे प्रभाव पाइएको छ । कामराजले यस्ता विरामी वा पीडितको सामना गरेका छन् की पुरुषमा यौनसम्बन्धमा रुची नभएका कारण पोर्न फिल्म हेरेर हस्तमैथुन गर्न मन पराउँछन् ।

पोर्न हेर्नाका कारण वास्तविक जीवनमा त्यति रुचि हुँदैन । उनी भन्छन्, कयौं यस्ता पुरुष पनि हुन्छन् जो पोर्न फिल्म हेरेर आफ्नी श्रीमती वा यौन पार्टनमाथि हिंसात्मक व्यवहार गर्ने गर्छन् ।

बीबीसीबाट