काठमाडौं/ काठमाडौं महानगरपालिकाको मतगणना अहिले ११ बजेपछि सुरु हुँदैछ । सर्वदलीय बैठकमा उम्मेदवारबीच मतगणनाका लागि विभिन्न मापदण्डमा सहमति भएपछि मतगणना सुरु हुन लागेको हो ।
निर्धारित मापदण्डअनुसार मतपत्रमा २/३ मा मात्र स्वस्तिक छाप लगाएको भए पनि सदर हुने, ७ भन्दा बढीमा लगाए बदर हुने छ ।
उक्त नियमअनुसार एमाले र राप्रपाको गठबन्धन भएकाले मतदाताले एमालेको उपमेयरमा हालेको भोट बदर हुने छ । मेयर र उपमेयरको गठबन्धन भए र भोट एउटै पार्टीको चुनाव चिह्नमा हालेको भए उक्त मत बदर हुने छ ।
काठमाडौं महानगरको मत गणना वडा नंं १ बाट शुरु गर्ने । त्यसपछि वडा नं. १ बाट माथि र वडा नं. ३२ बाट तल गणना गर्ने सहमति भएको छ । यस हिसावले वडा नं.१ र वडा नं.३२ को नतिजा पहिले सार्वजनिक हुने भएको छ । गणनामा मेयर, उपमेयर र वडाध्यक्ष प्रतिनिधि सहभागी हुने छन् ।