एजेन्सी/टाइगर श्राफसँग फिल्म ‘मुन्ना माइकल’ मा काम गरेकी एक्ट्रेस निधि अग्रवाललाई फ्ल्याट खाली गर्न निर्देशन आएको छ । रिपोर्ट्सका अनुसार, निधि बान्द्रास्थित एक फ्ल्याटमा कलेज फ्रेन्डसँग रहँदै आएकी थिइन्, जुन तत्काल खाली गर्नु पर्ने भएको हो । खासमा, हाउसिंग सोसायटीलाई निधि ‘सिंगल एक्ट्रेस’ स्टेटसमाथि आपत्ति छ । निधिले भनेकी छिन्, ‘म ६ महिनादेखि फेन्डसँग फ्ल्याटमा रहँदै आएकी छु तर अब हामीलाई यो घर खाली गर्न भनिएको छ । अहिले मुम्बईमा रहनका लागि नयाँ ठाउँमा फ्ल्याट भेट्ननिकै मुश्किल छ ।’ बताइदिउँ, टाइगर श्राफ र निधि अग्रवालको फिल्म ‘मुन्ना माइकल’ यसै बर्षको २१ जुलाईमा रिलिज हुँदैछ ।