युनिभर्सल आइकनमा फाइलनमा १६ जना
धरान/युनिभर्सल आइकन नेपाल–२०१७ को तेस्रो राउण्डबाट गायन र नृत्यबाट ८–८ जना प्रतियोगी पुगेका छन् ।
धरान–१८ डिपो उच्चमाविको प्राङ्गणमा भएको प्रतियोगितामा गायन र नृत्यबाट ८ ८ जना छनौट भएका हुन् । उनीहरुले जेठ १३ गते हुने ग्राण्ड फिनालेमा आफ्नो प्रतिभा देखाउँदै विजेता घोषित हुने छन् । विजेता गायन र नृत्यमा जनही ५० हजार रुपैयासहित ट्रफी जित्ने छन् ।
लोक नृत्य र आधुनिक गीतमा भएको तेस्रो राउण्डमा १५–१५ जना स्पर्धीहरु भिडन्त गरेका थिए । उनीहरुलाई गायक डिल्ली फोम्बो र नृत्य प्रशिक्षक मणिकुमार राईले छानेका थिए ।
माध्यामिक परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै गतवर्षदेखि आयोजक टप युनिभर्सल एकेडेमीले प्रतियोगिता गराउँदै आएको छ । प्रतियोगिताको लागि यसपटक पूर्वको विभिन्न स्थानबाट अडिसन लिइएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































