कपिल शर्मा तथा सुनील ग्रोबरको विवाद अब पुरानो भएको छ तर पनि उनका फ्यानले यसलाई चासोका साथ हेरिरहेका छन् ।
सुनीलसँगको झगडापछि कपिलको शोमा समेत असर परेको थियो तर पछिल्ला दिनमा दर्शकले यसलाई सामान्य रुपमा लिदै गएका छन् । विवाद भएसँगै सुनील ग्रोबर, अली असगर र चन्दन प्रभाकरले शो छाडेका छन् । जसका कारण शोको टीआरपी घटेको थियो ।
त्यसपछि कपिलले आफ्नो शोलाई टिकाउनका नयाँ नयाँ पात्रको खोजि गरेका थिए ।
उनले पछिल्ला दिनमा कुमकुम भाग्य मा प्रज्ञाकी आमा सरलाको भूमिकामा रहेको सुप्रिया शुक्लालाई ल्याउने भएका छन् । यसअघि सुप्रिया साहब बीबी और बोसमा पनि कमेडी भूमिकामा आएकी थिइन् । उनको त्यस्तो भूमिकालाई दर्शकले मन पराउने अपेक्षा कपिलले गरेका छन् ।
पत्रकारसँगको कुराकानीमा सुप्रियाले यस शोका लागि आफू नर्भस भएको तर कपिलको टिम सहयोगी भएका कारण आफूलाई सहज हुने बताएकी थिइन् ।
कपिलको शो बाट सुनील ग्रोबर, अली असगर र चन्दन प्रभावरले शो छाडेपछि अबकपिल, सुमोना चक्रवर्ती, कीकू शारदा तथा नवजोत सिंह सिद्धूमात्र बचेका छन् ।
कपिल टीभीमा आफ्नो टिआरपी सुधारका लागि संघर्षरत छन् । पछिल्लो दुई हप्तामा उनको टिआरपी केही बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।