धरान/केही दिन अघि एक मन्दिरमा बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको मूर्ति राखिएको छ । जुन मुर्ति अमिताभ बच्चन जत्तिनै अग्लो बनाइएको छ ।
अमिताभलाई मन पराउने केही समर्थकले केही सयम पहिला कोलकतामा उनको नाममा एक मन्दिर बनाएर त्यहाँ उनको पूजा हुने गरेको हो ।
समाचार एजेन्सी पीटिआईका अनुसार अल बंगाल अमिताभ बच्चन फ्यान्स एसोसिएशनले फिल्म सरकार ३ को रिलीज भएको अवसर पारेर नयाँ मूर्ति राखिएको हो ।
संगठनका सचिव संजय पटौदियाले बीबीले बताए अनुसार उनीहरुले फिल्मको सफलताको लागि मनिदरमा पूजा गराएर नयाँ मूर्ति लगाइएको हो ।
पटौदियाले बताए अनुसार २००१ मा बनाइएको थियो । उनले भने,‘हामीले त्यससमय हामीले उहाँलाई खबर गरेनौं किनकी उहाँ आफूलाई सामान्य मानिसको रुपमा व्याख्या गर्नुहुन्छ, तर हामी अमिताभलाई भगवान मान्छौं ।’
आमिताभ बच्चनको मन्दिरमा फिल्म अक्समा प्रयोग हुनेवाला एक कुर्सी छ जसमा उनको तस्वीर लगाइएको छ र त्यहाँ लेखिएको छ ‘भगवान’ ।