बेपत्ता युवक मृत फेला
तनहु/सेती नदी तरेर घर जान लागेका एक युवकलाई सेती नदीले बगाएर शनिबार बेपत्ता बनाएकामा आज अपराह्न मृत फेला परेका छन् ।
व्यासनगरपालिका– ५ बेतनी दुलेपहाड स्थानबाट नदी तर्ने क्रममा ऋषिङ् गाउँपालिका– १ निवासी २६ वर्षीय देउबहादुर थापाको मृत्यु भएको हो ।
दमौलीबाट घर जान हिँडेका चार जनामध्ये थापा अगाडि गएको र नदी तर्नै लाग्दा ढुङ्गाबाट चिप्लेर पुनः नदीमा खस्दा पानीको भेलमा परी बगाएको स्थानीयवासी वीरबहादुर थापाले जानकारी दिए ।
शव गाउँपालिका–१ झापुटारस्थित नदी किनारमा भेटिएको हो । थापालाई नदीले बगाएर बेपत्ता बनाएपछि स्थानीय र प्रहरीले खोजी गरेका थिए । शव हाल दमौली अस्पतालमा राखिएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































