धरान/अहिले डायरीले हलहरु भरिएको छ । डायरीले औषत नेपाली फिल्म जति मात्रै चर्चा कमाइरहेको छ या केही बढी । यो आम नेपाली दर्शकहरुको लागि कौतुहलता हुन सक्छ । काठमाडौंका मल्टिप्लेक्सहरुमा यो फिल्म भीडभाड राम्रै देख्न सकिन्छ । नायिका एवम् निमत्रीको रुपमा रहेकी छुल्ठिम गुरुङको दोस्रो फिल्मको रुपमा यो फिल्मले केही प्रभाव अवश्य छोड्न सक्छ । किनकी नेपाली दशर्कले नोभेम्बर रेनमा ‘डल्ली’ को भूमिका देखिसकेका कारणले पनि यो फिल्ममा केही खास देख्न सकिन्छ । फिल्मको सांगीतिक पक्षले दर्शकलाई सहजै खिच्न सक्छन् । त्यति मात्रै हैन, यही फिल्मबाट पर्दापण गेका सन्नी सिंहको कोरियन स्टाइलको ‘फाइटिङ’ का कारण एक्सन हेर्न रुचाउनेहरुको लागि विशेष छ । अझ धराने पारखीहरुको लागि केही विशेष हुन सक्छ । किनकी कोरियन फिल्म हेर्न रुचाउने धराने दर्शकहरुले यसमा पनि केही छनक पाउने छन् । गीत संगीत जति स्वादिला छन् । त्यति नै एक्सनले पनि दर्शकलाई खिच्न सक्छ । सन्नीको दमदार एक्सनका बाबजुद फिल्ममा छुल्ठिमले आफूलाई पनि दमदार रुपमा प्रस्तुत गरेकी छन् । डायरीले आम दर्शकलाई निराश बनाउँदैन् । सुरुदेखि अन्तसम्म दर्शकलाई समाएर राख्ने क्षमता छ । अझ रेखा थापाको खलनायकीलाई हेर्नकै लागि पनि दर्शकहरु हलसम्म पुग्नु पर्ने हुन्छ । यस अघिसम्म रेखाले आफ्ना चलचित्रहरुमा नायकी भूमिका देखाइसकेको कारणले पनि उनको खलनायकी प्रस्तुतीलाई हेर्नु पर्ने हुन्छ । त्यसका लागि पनि दर्शकहरु हलसम्म पुग्नै पर्ने हुन्छ । छुल्ठिमको हसिलो र चन्चले स्वभाव यसमा पनि नोभेम्बर रेनको डल्ली भन्दा फरक छैन् । अझ दमदार छ । निर्देशकीय पाटो केही फितलो हुँदा हुँदै पनि फिल्मले दर्शकहरुलाई सवा २ घण्टा बाधेर राख्छ । राजधानीका करिव २० र देशभरका गरी ५५ वटा हलमा अहिले यो फिल्म चलिरहेको छ । फिल्मले अपेक्षा भन्दा राम्रो व्यापार गरेको नायिका एवम् निमात्री गुरुङले ब्लाष्टकर्मीलाई फोनमार्फत् बताइन् । उनका अनुसार फिल्म काठमाडौंका हलहरुमा भीडका साथ चलिरहेको छ । फिल्म हेरेका दर्शकले छुल्ठिमको चंञ्चलता र सन्नीको एक्सन र रेखाको भिलेन अवतारलाई रुचाइएको बताइएको छ । अहिले राजधानीका विभिन्न हलहरुमा डायरी युनिट पुगिरहेको छ ।