शरीरलाई तन्दरुस्त राख्न दैनिक नुहाउन धेरै जरुरी हुन्छ । नुहाउनाले शरीरको सफाइ त हुन्छ नै हाम्रो मष्तिस्क पनि ताजा रहन्छ ।
तर, के तपाईलाई थाहा छ ? नुहाउने पानीमा केही चीज मिलायो भने स्वास्थ्य सम्बन्धी धेरै समस्याबाट छुट्करा पाउन सकिन्छ । चिकित्सकहरुको सल्लाहअनुसार पनि केही चिज पानीमा मिलाउँदा धेरै प्रकारका फाइदा हुन्छन् ।
जान्नुहोस्, के हुन् ति ५ चीज, जसलाई नुहाउने पानीमा मिलाउँदा अनेकन फाइदा हुन्छ :
बिरे नुन (रक साल्ट)
नुहाउनका लागि तयार पारिएको एक बाल्टी पानीमा एक चम्चा फिटकिरी र एक चम्चा बिरे नुन मिलाएर नुहाइयो भने शरीरका लागि फाइदाजनक हुन्छ । यसबाट शरीरको रक्तसञ्चार सही हुन्छ र शरीरको थकान तथा तनावबाट मुक्ति मिल्छ ।
नीमको पात
नीमको स्वाद जतिसुकै तितो किन नहोस्, यसका फाइदा भने अनगिन्ती छन् । तपाई नीम खान सक्नु हुन्न त के भयो रु यसका पातहरुलाई उमालेर त फाइदा लिन सक्नुहुन्छ । यसका लागि एक गिलास पानीमा ८ देखि १० वटा नीमका पातहरु उमाल्नुहोस् । फेरि त्यसलाई सेलाउन दिनुहोस् । सेलाइसकेपछि यसलाई छानेर ताजा पानीको बाल्टीमा मिलाएर नहाउनुहोस् । यसले त्वचामा हुने सबै प्रकारका इन्फेक्सनबाट छुट्करा पाउन सकिन्छ । साथै शरीर सुनिने समस्या पनि दूर हुन सक्छ ।
चन्दन
चन्दन को सुगन्ध त जसलाई पनि राम्रो लाग्छ । यदी तपाई त्वचासँग सम्बन्धित समस्याले परेशान हुनुहुन्छ भने राति सुत्नुभन्दा पहिले एक कचौरा पानीमा थोरै चन्दनको पाउडर मिक्स गर्नुहोस् । विहान उठेर उक्त पेस्टलाई नुहाउने पानीमा मिलाएर नुहाउनुहोस् । त्वचासँग सम्बन्धित सबै समस्याबाट मुक्ति मिल्ने छ ।
गुलाब जल
यदी तपाईको शरीरबाट पसिनाको गन्ध आउँछ भने पानीमा गुलाव जल मिलाएर नुहाउनुहोस् । एक बाल्टी पानीमा ३ देखि ४ चम्चा गुलाब चल मिलाएर नुहाउनाले मसल्सलाई आराम मिल्छ । साथै शरीरबाट गन्ध हट्छ । यदी तपाईको घरमा गुलावको फूल छ भने त्यसका पत्रहरु पानीमा मिलाएर आघा घण्टापछि नुहाउन सक्नुहुन्छ । यसले तपाईको त्वचामा गुलावको जस्तै निखार आउने छ ।
कपूर
हामीले कपूरको प्रयोग पूजामा मात्रै गर्दै आएका छौं । यदी यसलाई नुहाउने पानीमा पनि मिलाउने हो भने शरीरलाई धेरै आराम मिल्छ । साथै जोर्नी तथा टाउको दुख्ने समस्याबाट राहत मिल्छ । यसका लागि नुहाउनका लागि तयार पारिएको एक बाल्टी पानीमा २ देखि ३ वटा कपूरका टुक्रा मिलाउनुहोस् ।