धरान /राजनीतिक अवस्था र परिस्थितिसँग मेल खाने कथावस्तुमा तयार पारिएको चलचित्र ‘संरक्षण’ यही साउन २७ गते शुक्रबार देखि देशभरका चलचित्र हलमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।पाँच पी अर्थात पोलटिक्स,पावर,प्रेश,पुलीर र पब्लीकको सेरोफेरोमा चलचित्रको कथा केन्द्रीत भएको निर्देशक पूर्णन्द्र झले जानकारी दिए ।चलचित्रले तहल्कानै मच्चाउने दावी निर्माताको छ ।

नेपाली–नेपालीका बीचमा पछिल्लो समयमा विभेद, राजनीति तथा नेपाली जनताले भोग्नु परेका पीडालाई चलचित्र संरक्षणमा समेटेको निर्माता एवम् प्रमुख वितरक नरेन्द्र महर्जनले जानकारी दिए । सोमबार धरानमा पत्रकार सम्मेलन गर्दे महर्जनले चलचित्र संम्रक्षणबाट नेपाली चलचित्र क्षेत्रले नयाँ मोड लिने अपेक्षा गरे ।

राजनीतिक तथा प्रशासनिक क्षेत्रमा मौलाएको विकृति, मनपरीलगायत विषय वस्तुलाई चलचित्रमा समेटिएको छ । मधेश र पहाडका बासिन्दाबीच उत्पन्न समस्या र त्यसले समाजमा पारेको प्रभावलाई समेत चलचित्रमा उजागर गरिएको चलचित्र निर्देशक पूर्णन्द्र झाले बताए । चलचित्रको कथावस्तुमा सञ्चारकर्मीको भूमिकामा धराने कलाकार मेलिना जोशी र पहाडमा जन्मी हुर्किएर मधेशको समाजमा संघर्षपूर्ण जीवन बिताउन पुगेकी अशिष्मा नकर्मीको सशक्त भूमिकाले समाज परिवर्तनका लागि राजनीति शुद्ध बन्न जरुरी रहेको दर्शाइएको छ ।