एजेन्सी/ आमिर खान र उनकी श्रीमती किरण रावलाई स्वाइन फ्लू भएको खबर सेलाउन नपाउँदै बलिउडकी अर्की नायिका पनि यो रोगको शिकार भएको बताइएको छ ।

नायिका ऋचा चड्डालाई पनि स्वाइन फ्लू भएको खबर छ ।
ऋचा चाँडै नै नयाँ फिल्म ‘फुकरे रिटर्नस’ मा देखिनेछिन् । केही मिडिया रिपोर्टका अनुसार सोमबार उनको फिल्मको ट्रेलरको प्रिभ्यू हुनु थियो तर स्वाइन फ्लूका कारण ऋचा कार्यक्रममा पुग्न सकिनन् ।
उनले सोसल मिडियामा मास्क लगाएको एउटा फोटो पोष्ट गरेकी छिन् । चाँडै ठिक हुनका लागि डाक्टरले उनलाई मास्क लगाउन सल्लाह दिएको बताइएको छ । भारतको महाराष्ट्रमा स्वाइन फ्लू पूर्ण रुपमा फैलिएको छ ।