धरान/हाम्रो डान्स सेन्टर धरानले ‘धरान डान्सिङ आइडल’ (डिडिआइ) प्रि–अडिसन प्रारम्भ गरेको छ । [caption id="attachment_52853" align="alignnone" width="1082"] पत्रकार सम्मेलन गरी जानकारी दिदै अायाेजक हाम्राे डान्स सेन्टर । तस्बिरः भाेजराज श्रेष्ठ[/caption] स्कुलका विद्यार्थीहरुलाई लक्षित गर्दै गरिरहेको डिडिआईमा जुनियर र सिनियर गरी प्रि अडिसनबाट ४ सय विद्यार्थीहरुलाई छनौट गरिने छ । अडिसन आवर होम स्कुलमा सम्पन्न भइसकेको कार्यक्रम संयोजक दिवस श्रेष्ठले शुक्रबारको पत्रकार सम्मेलनमा बताए । उनका अनुसार धरान भरीका करिव ५० स्कुलहरुमा अडिसन लिने तयारी छ । अडिसनबाट छनौट भएकाहरुलाई डान्स सेन्टरले नृत्य प्रशिक्षण गराउँदै उनीहरुको प्रतिभाको अवलोकन गर्दै मेघा राउण्डको लागि छनौट गरिने तयारी गरेको छ । १ देखि ५ कक्षासम्म जुनियर र ६ देखि १० कक्षासम्मलाई सिनियर भनेर बर्गिकरण गरिएको छ । प्रि अडिसन भदौं ३० गतेसम्म जारी रहने छ । प्रतियोगिताको ग्राण्ड फिनाले मंसिरको दोस्रो साता गर्ने कार्यक्रम रहेको सेन्टरकी अध्यक्ष एवम् नृत्य प्रशिक्षक रेश्मा राईले बताइन् । जुनियर तर्फको विजेताले नगद २० हजार रुपैया, दोस्रोले नगद १० हजार रुपैया र तेस्रोले ५ हजार रुपैयासहित ट्रफी र प्रमाण पत्र पाउने छन् भने भने सिनियरमा विजेतले २५ हजार, दोस्रोले १५ र तेस्रोले नगद १० हजार रुपैयासहित ट्रफी, र प्रमाण पत्र पाउने छन् ।