धरान/धरानको व्यापारिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले धरानलाई रक्तदाताको सहर बनाउने लक्ष्यलाई सार्थकता प्रदान गरेको छ ।
[caption id="attachment_53402" align="alignnone" width="1280"]
तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
पूर्वमा सबैभन्दा बढी रगत संकलन गर्दै बराहले रक्तदाताको सहरको रुपमा परिचित गराएको हो । देशभरको हकमा भने बराह दोस्रो बनेको छ । यस अघि २०६४ सालमा चितवनको कालिका एफएमले साढे १२ सयको हाराहारीमा रगत संकलन गर्दै देशभरमा पहिलो बनेको थियो । त्यो रेडर्कलाई हालसम्म कुनै पनि संस्थाले तोड्न सकेको छैन् । बराहले धरानको चार स्थान र काडमाडौं गरी एकहजार एकसय ६३ युनिट रगत संकलन गरेको हो । ब्लड बैंकमासमेत रगत राख्ने स्थान अभाव भएपछि बाध्य भएर रक्तदान कार्यक्रमलाई रोक्नु परेको धरान शाखाका प्रशासकीय अधिकृत गंगा कालिकोटेले जानकारी दिए ।
उनले देशभरमा पहिलो दाबी गरेका थिए । यस बारेमा रेडक्रसका केन्द्रीय उपमहामन्त्री तथा २०६४ सालमा रेडक्रसका जिल्ला सभापतिसमेत बनेका हरि न्यौपानेले कालिकाले एकैपटकमा साढे १२ सय भन्दा बढी रगत संकलन गरेको फोनमा बताए । धरानमा मात्रै बराहले १ हजार ५६ युनिट रगत संकलन गर्दा काठमाडौंमा १०७ युनिट रगत संकलन गरेको थियो । यो कार्यलाई २३ औं वार्षिकोत्सवको अवसरमा पनि बिहान रक्तदान कार्यक्रमलाई निरन्तरता दिने प्रशासकीय अधिकृत कालिकोटेले बताए ।
‘रगत राख्ने स्थान नभएकाले बन्द गर्नुप¥यो ।’ उनले भने, ‘यसलाई पुनः भदौं ५ गते रक्तदान कार्यक्रम राख्ने छौं ।’ धरानमा यस अघि नेवार एकता समाजले ५ सय पिन्ट भन्दा माथि संकलन गरेको थियो । धरानलाई रक्तदाताको सहर बनाउने उद्देश्यले बराह ज्वेलरीले रक्तदान कार्यक्रम गरेको थियो ।