सहवासपूर्व कामोत्तेजना जगाउन जसरी फोरप्ले आवश्यक छ, इन्टरकोर्सपछि सुखद अनुभूतिका लागि आफ्टर प्ले पनि उत्तिकै आवश्यक हुन्छ । के हो आफ्टर प्ले ? सहवासपूर्व गरिने आलिङ्गन, चुम्बन, स्पर्श आदि क्रियाबाट महिलाहरूमा कामोत्तेजना जागृत हुन्छ । यसलाई फोर प्ले भनिन्छ र यही क्रियालाई जब सहवासपछि गरिन्छ त्यसलाई आफ्टर प्ले भनिन्छ । सेक्सोलोजिस्टहरूका अनुसार फोर प्ले सहवासको पहिलो सिंढी हो भने आफ्टर प्ले अन्तिम । शारीरिक सम्बन्ध बनाउन र पूर्ण आनन्द अनुभव गर्न फोर प्लेमा ध्यान दिनुपर्छ । त्यसैगरी सहवासपछिको प्रेमालाप, आलिङ्गन आदिले पनि यौनसाथीलाई थप सन्तुष्टि प्रदान गर्छ । यौनक्रियाको महत्त्वपूर्ण पक्ष हो– आफ्टर प्ले सहवासमा जति महत्त्वपूर्ण स्थान फोर प्लेको हुन्छ त्यति नै महत्त्वपूर्ण भूमिका आफ्टर प्लेको पनि हुन्छ, तर यौन शिक्षाको कमी र यस विषयमा जानकारी नहुनाले कतिपय व्यक्तिलाई यी शब्दका बारेमा त्यति जानकारी भएको पाइदैन । यस्ता व्यक्तिका लागि यौनको अर्थ केही मिनेटको अन्तरंग सम्बन्ध र ओर्गेज्मपश्चात् अलग्गिएर सुत्नु हो । जबकि यौन सुख प्राप्तिका लागि सम्भोगभन्दा पहिले फोरप्ले र त्यसपछि आफ्टर प्ले आवश्यक छ । सेक्सोलोजिस्टहरूका अनुसार केही महिला ओर्गेज्मको तुलनामा सहवासपछि केही मीठा पलको आवश्यकता महसुस गर्छन्, तर अधिकांश पुरुषलाई महिलाहरूको यो आवश्यकताका सम्बन्धमा जानकारी हुँदैन । अत: वीर्य स्खलनपश्चात् उनीहरू कोल्टेफेरेर सुत्छन् । महिलाको यौन सन्तुष्टिका लागि आफ्टर प्ले अत्यन्त आवश्यक छ । यसबाट प्रेम–सम्बन्धमा प्रगाढता आउँछ । किन आवश्यक छ फोर प्ले र आफ्टर प्ले ? सेक्सोलोजिस्टहरूका अनुसार धेरैजसो जोडी चुम्बन, आलिङ्गनजस्ता अनेक उपाय अपनाएर यौनजीवनको पर्याप्त आनन्द लिन चाहन्छन्, तर त्यसमा अधिकांश महिलाले निराशा नै हात पार्छन् । किनभने उनीहरूका यौनसाथी स्खलनपश्चात् तुरुन्तै सुत्छन् । वैज्ञानिकहरूका अनुसार यसपछाडिको कारण पुरुषको यौनइच्छा शरीरप्रधान हुनु र महिलाको भावनाप्रधान हुनु हो । त्यसैले महिलाले फोर प्ले र आफ्टर प्लेलाई सम्भोग क्रियाको तुलनामा बढी महत्त्व दिन्छन् । एक सर्वेक्षणअनुसार ५० वर्षभन्दा बढी उमेरका महिलाको यौनजीवन बढी सन्तोषजनक हुन्छ, किनभने उनीहरूका श्रीमान् इरेक्सन प्राप्त गर्नमा असमर्थ हुन्छन् । त्यसैले उनीहरू फोर प्ले र आफ्टर प्लेमा बढी समय दिन्छन् । यसबाट महिलालाई स्पर्श सुख बढी प्राप्त हुन्छ । यस्ता महिलाका अनुसार जबदेखि उनीहरूका श्रीमान्को यौन क्षमता कमजोर हुनथाल्छ, तबदेखि उनीहरूको फोर प्ले र आफ्टर प्लेमा बढी आफ्नोपन र समर्पण महसुस गर्न थाल्छन् । जहाँ फोर प्लेले व्यक्तिलाई यौनको चरम सीमासम्म पुर्‍याउँछ, त्यहीँ आफ्टर प्लेले ‘यौन कस्तो रहयो ?’ भन्ने निचोड दिन्छ । थकान पनि एउटा कारण अधिकांश पुरुषलाई क्लाइमेक्सपछि थकान महसुस हुन्छ, जसले गर्दा उनीहरू तुरुन्तै सुत्छन्, तर महिलामा यसले असन्तोष जन्माउँछ । अत: पुरुषले इन्टरकोर्सपश्चात् महिला के चाहन्छिन् भन्ने कुरा बुझ्ने प्रयास गर्नुपर्छ । उनलाई सहवासमा कस्तो अनुभव भयो ? यौन सुखानुभूति कसरी बढाउन सकिन्छ ? आदि कुरा बुझ्नुपर्छ, जुन आफ्टर प्लेका माध्यमबाट सम्भव छ । केही पुरुष यस्ता हुन्छन् जो सहवासपश्चात् गर्ने क्रिया त टाढाको कुरा सहवास कै क्रममा सुत्छन् । यस्ता पुरुषले तुरुन्तै सेक्सोलोजिस्टसित भेटेर सहयोग लिन संकोच गर्नुहुँदैन साथै यौन जीवनको सत्रु, थकानबाट जोगिने प्रयास गर्नुपर्छ र आफूभित्र स्फूर्ति सृजना गर्नुपर्छ । यो अलौकिक सुख प्रदान गर्ने क्रियाको पूर्णताको महत्त्व बुझ्नुपर्छ र चिकित्सकद्वारा दिइएको परामर्श र सुझाव पालना गर्नुपर्छ । फोर प्ले र आफ्टर प्लेको संवेदनात्मक महत्त्व हुन्छ, जसले दुई व्यक्तिका बीचको प्रेमलाई प्रगाढ बनाउँछ । स्वास्थ्यका दृष्टिबाट पनि यौनक्रियाका बेला पुरुषको वीर्य स्खलनलाई महिलाको योनिले शोषित गर्छ । फलस्वरूप महिलामा स्फुर्ति सञ्चार हुन्छ । यसैगरी महिलाको स्खलनबाट पुरुषले सुखको अनुभव गर्छ । यदि ठीक ढंगबाट इन्टरकोर्स गरिएको छ भने शरीरले थकान महसुस गर्नुको साटो फ्रेस र कुल महसुस गराउँछ । जब महिला–पुरुष इन्टरकोर्सपश्चात् एक–अर्काको प्रशंसा, प्रेमपूर्ण स्पर्श र आलिंगनबद्ध भएर केही समय व्यतित गर्छन् तब उनीहरूको यौन सुखानुभूति दुई गुणा हुन पुग्छ ।   इकान्तिपुरबाट