मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आफ्नै बेहोसीले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। काम दोहोर्याउनुपर्ने हुन सक्छ। मध्याह्नदेखि कामको सन्दर्भमा केही वादविवाद हुने सम्भावना छ। फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कमजोरी बाहिर आउनाले नोकरी तथा राजनीतिमा समस्या पर्न सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान र्याउनुहोला, मध्याह्नपछि सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
व्यापार–व्यवसायमा सामान्य लाभ हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। मध्याह्नदेखि सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनेछ भने चिताएको काम सम्पादन गर्न नसकिएला। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
हिम्मतले काम लिँदा मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। बलजफ्ती गरेर पनि चिताएको काम बनाउन सकिनेछ। स्रोतसाधन जुट्नाले काम बन्नेछ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। तर हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मध्याह्नपछि प्रतिस्पर्धीले काममा बाधा पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। परिस्थिति अलि प्रतिकूल रहनाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले आँटेको काम सम्पादन हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। प्रतिष्ठित काम प्रारम्भ हुनाले दिन उत्साहपूर्ण रहला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। तर मध्याह्नपछि उपलब्धिका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आफन्तहरू टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। भूमि तथा मातृधनबाट भने लाभ मिल्नेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा हुनेछ। मध्याह्नदेखि विशेष काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। दाजुभाइका तर्फबाट अपेक्षित फाइदा प्राप्त नहुन सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउला। हिम्मतले काम बनाउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मध्याह्नदेखि अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। दिगो फाइदा हुने काम हातपार्ने समय छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काममा लगानी बढाउने समय छ। तत्काल उद्देश्य भने पूरा नहुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। तर, आफन्तजनबाट टाढिनुपर्ने हुन सक्छ। खर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मिहिनेतले आत्मविश्वास बढाउनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। लाभांश थोरै मात्र प्राप्त भए पनि ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। आफन्तहरू टाढिनेछन्। परिस्थितिवश फजुल खर्च बढ्न सक्छ। समयमा आलस्य गर्दा पछि धोका पाइनेछ। अर्थ संग्रहमा बाधा पुग्नेछ। लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। मिहिनेत गर्दा दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। साझेदारीमा फाइदा हुनेछ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मनग्गे अर्थ सञ्चय गर्ने समय छ। (नेपाली पात्रो)