विराटनगर / विराटनगरको ल्याबहरुमा जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन तिव्र पारेको छ । अनुगमनको क्रममा सोमबार विराटनगरको दुई वटा ल्याब दर्ता बेगार सञ्चालन गरेको पाइएपछि जनस्वास्थ्य कार्यालयको अनुगमन टोलीले शिलबन्दी गरेकको छ ।

विराटनगर – ९ हस्पिट चौकमा दर्ता बेगार सञ्चालनमा आएको न्यू नेशनल डाइनेष्ट्रिक ल्याब र स्वीकृत बेगार सञ्चालन भएको विराटनगरको रङ्गेली रोडमा रहेको श्री कालिका ल्याब क्लिनीकलाई अनुगमन टोलीले शिलबन्दी गरेको हो ।

‘जनस्वास्थ्यबाट स्वीकृत नलिकन कालिका ल्याबले रङ्गेली रोडको भित्री गल्लीमा सानो घरमा बोर्डसमेत नराखी ल्याब सञ्चालन गर्दै आएको थियो,’ अनुगमनमा भेटिएका जनस्वास्थ्यका शाखा अधिकृत हरी खत्रिले भने, ‘कागजपत्र केही नभेटिएपछि शिलबन्दी गरेका हौं ।’ त्यस्तै न्यू नेशनल ल्याबले पनि बोर्ड नराखे परीक्षण गर्दै आएको फेला परेको थियो ।

उक्त ल्याबमा पनि अनुगमन टोलीले शिलबन्दी गरेको छ ।अनुगमनको क्रममा विराटनगर– ९ मा रहेको श्री हस्पिटलको ल्याबमा म्याथ सकिएको विभिन्न प्रकारको क्यामिकल फेला परेको छ ।

श्री हस्पिटलको ल्याबमा रगतको मात्र चेक गर्न प्रयोग गरिने ‘हेमोगोलेविन’ क्यामिल म्याथ सकिएको अवस्थमा फेला परेको जनस्वास्थ्यको शाखा अधिकृत खत्रीले बताए । त्यस्तै विर्य परीक्षण गर्ने ‘डबलु डालोटिङ पुललुड’ नामक क्यामिकल श्री हस्पिटलको ल्याबमा म्याथ सकिएको अवस्थामा फेला परेको थियो ।

‘श्री हस्पिटलको ल्याबमा धेरै प्रकारको क्यामिकलको म्याथ सकिएको अवस्थामा फेला प¥र्यो,’ अधिकत खत्रीले भने, ‘ल्याब इन्चार्जको लाइन्सेस खारेजी गर्न विभागमा पत्र काटने छौं ।

’सोमबार आधा दर्जन ल्याबहरुमा गरेको अनुगमनको क्रममा आशिरबाद ल्याब, तुलसी प्याथोलोजी ल्याब एण्ड क्लिनिकहरुमा पनि म्याथ सकिएको क्यामिकल फेला परेको थियो ।

आशिरबाद र तुलसी ल्याबलाई जनस्वास्थय कार्यालयले सचेत पत्र दिएको छ ।यस अघि जनस्वास्थ्य कार्यालयले विराटनगरमा रहेको फोकस ल्याबको शाखा कार्यालय र मनिष ल्याबले अनुमति बेगार सञ्चालन गरेको पाइएपछि शिलबन्दी गरीसकेको छ ।