महिलामा यौन प्रतिको आकर्षण कम हुँदै गएको तथ्य सार्वजनिक भएको छ । स्टडी अफ ब्रिटिस सेक्शुअल एटीट्युड्सका अनुसार महिलामा एक पार्टनरका साथ पुरूषकाे तुलनामा यौन आकर्षणमा कमी आएको छ । अध्ययन अनुसार महिला तथा पुरुषमा यौनका विषयमा उत्साह कम भइरहेको छ जबकी महिला लामो सम्बन्धमा सेक्सलाई लिएर उदासीन हुँदै जान्छन् ।
कुल मिलाएर स्वास्थयमा समस्या तथा भावनात्मक लगावमा कमीका कारण महिला तथा पुरुषमा सेक्स प्रति इच्छा कम भइरहेको हो । यो सर्वेमा करिब पाँच हजार पुरुष तथा ६ हजार ७ सय महिला सहभागी भएका थिए । यो अध्ययन बीजेएम जर्नलमा छापिएको हो ।
बेलायतको शोधकर्ताका अनुसार यौन इच्छामा लगातार गिरावटको चिन्ता भइरहको छ र याे गम्भीर प्रकृतिको विषय हो । यस समस्यासँग जुध्नका लागि ड्रग्सको प्रयोगमा रोक लगाउन आवश्यक छ । यौन थेपापिस्ट अमाण्ड मेजरका अनुसार सेक्समा आएको कमीलाई सधै असामान्य बनाउँन सकिन्न् । यो यसकाण भएको हो कि कयौं पुरुष र महिलाको जरुरत किन बदलिरहेको छ । सर्वेमा कुल १५ प्रतिशत पुरुष र ३४ प्रतिशत महिलाको भनाइ अनुसार सेक्समा उनीहरुको मन रहेन ।
पुरुषमा ३५ देखि ४४ को उमेरमा यौन प्रति लगाव सवैभन्दा कम छ । महिलामा ५५ तथा ६४ को उमेरमा सवैभन्दा कम यौन इच्छा भएको छ । सामान्यतया मासिक धर्म रोकिएपछि महिलामा यौन इच्छा कम हुँदै जान्छ । यससँगै घरमा साना केटाकेटी भएपछि पनि महिलामा यौन इच्छा कमी हुँदै जाने अध्ययनले देखाएको छ ।