बाढीपीडितलार्इ पूर्व सैनिकले दिए दशैंखर्च
धरान/संयुक्त भूतपूर्व सैनिक कल्याणकारी महासंघ नेपाल क्षेत्र नम्बर २ मातहतका ६ वटा संघहरुले इटहरीका बाढीपीडितहरुलाई राहत रकम प्रदान गरेको छ ।
इटहरी–४ का ४० परिवारलाई दशैंखर्चको रुपमा चारहजार रुपैयाका दरले राहत रकम प्रदान गरेको महासंघका उपाध्यक्ष केके राईले बताए । उनका अनुसार बाढीमा बगेर ज्यान जोगाएकी सानुमाया राईलाई १२ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेको हो । महासंघ क्षेत्र नम्बर २ मा संयुक्त सैनिक भूतपूर्व क्लव, एकता भूपू क्लव, पूर्वाञ्चल भारतीय भूपू कर्मचारी कल्याण परिषद् नेपाल, राष्ट्रिय भूतपूर्व सैनिक संघ, नेपाल पूर्व प्रहरी संघ आवद्ध छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































