कारको ठक्करबाट एक मोसा चालक घाइते
धरान/सुनसरीको ईटहरी–१७ स्थित कान्छीचोकमा बुधबार कारको ठक्करबाट एक एक मोटरसाइकल चालक घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको बा १६ च ३६११ नम्बरको कारले सोही दिशातर्फ जादै गरेको अन टेस्ट मोटरसाइकललाई विहान ९ बजे ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक रामधुनी नगरपालीकामा कार्यरत अधिकृत सूर्यप्रसाद गौतम घाइते भएका छन् । उनको एपेक्स अस्पताल ईटहरीमा उपचार भइरहेको छ भने कार चालक फरार रहेकाले खोजी भइरेहको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































