दाङमा एक व्यक्ति मृत फेला
दाङ/दाङको रामपुरमा आज एक व्यक्ति मृत फेला परेका छन् ।
अन्दाजी २८ वर्षीय मानबहादुर खत्री मृत फेला परेका हुन् । मृतकको ठेगाना खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली घटनास्थलतर्फ गएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो ।
अत्यधिक मदिरा सेवनका कारण खत्रीको मृत्यु भएको हुनसक्ने भन्दै बिहीबार राति खत्रीसँगै मदिरा सेवन गरेका एकजनालाई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































