भन्सार छलेकाे सामग्री बरामद
धरान/सुनसरी प्रहरीले अवैध सामानसहित दुई जनालाई नियन्त्रणमा लिई भन्सार बुझाएको छ।
पक्राउ पर्नेमा भारत सुपौल वस्ने नुरूल हक र कावालुल्ला मियाँ रहेका छन। उनीहरुलाई इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको गस्ती टोलीले कोशी गाउँपालिका-१ लौकही बजारबाट करिब २२ हजार ५ सय मूल्य बराबरको भन्सार छली ल्याएको चामल तथा पानमसला (रजनीगन्धा, तुलसी) सहित बुधबार नियन्त्रणमा लिइएको हो।
प्रहरीले सामान ओसार पसारमा प्रयोग गरिएको तीन थान साईकलसमेत बरामद गरेको छ । बरामद सामानसहित दुबै जनालाई बिहिबार सेतुबन्ध भन्सार कार्यालय बुझाइएको उक्त कार्यालयले जनाएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































