प्रमसँग प्रचण्डको ‘वान टु वान’ वार्ता
धरान/नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ‘वान टु वान’ वार्ता भएको छ ।
ठूला पार्टीहरुबीच प्रादेशिक र संघको चुनावी तालमेललाई लिएर वार्ता चलिरहेको छ । यसैक्रममा प्रम देउवा र दाहालबीच वार्ता भएको कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले बताए । बालुवाटारमा प्रचण्डले देउवासँग आधा घण्टा एक्लै कुराकानी गरेका थिए ।
छलफल पुनः चल्ने बताइएको छ । अहिले केन्द्र एमालेसँग तालमेल र एकिकरणको अभियानमा छ । तर, केन्द्रले कांग्रेस गठबन्धनको सरकारको साथ नछाड्ने दाबी गर्दै आएको छ । सोमबार मात्रै अध्यक्ष दाहालले पार्टीको सचिवालय बैठकमा एमालेसँगको चुनावी तालमेल र दल एकिकरणको विषयमा व्रिफिङ गरेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































