छोरा नभएपछि शिशुको अपहरण, बच्चा ५ लाखमा खरिद
धनुषाबाट अपहरित ७ महिने शिशुलाई प्रहरीले १६ दिनपछि सिराहको लक्ष्मीपुर गाउँबाट मुक्त गरेको छ । सिरहा र धनुषाको संयुक्त प्रहरी टोलीले लक्ष्मीपुर ४ का विषेश्वर साहको घरबाट बच्चालाई अपहरणमुक्त गरेको हो ।
बिषेश्वरकी श्रीमती लीला साहलाई प्रहरीले पक्राउ गरेको छ । लीलाई आवश्यक कारबाहीका लागि धनुषा प्रहरीको जिम्मा लगाएको सिराहका प्रहरी प्रमुख एसपी शेखर कोईरालाले जानकारी दिए । उनका अनुसार अपहरणकारीबाट लीलाले बच्चा किनेको खुलेको छ ।
साह दम्पतीका चार छोरी छन् ।, छोरा नभएका कारण बच्चा ५ लाख रुपैयाँमा खरिद गरेको बयान लीलाले दिएकी छन् ।
अन्नपुर्ण पोष्ट
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































