हिमालयन बैंकले घोषणा गर्यो २५ प्रतिशत बोनस
हिमालयन बैंक (HBL) ले गत आर्थिक बर्षमा आर्जन गरेको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको कात्तिक १४ गते सम्पन्न ३४९ औं बैठकले २५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल हिमालयन बैंकको चुक्ता पूँजी ६ अर्ब ४९ करोड १६लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ११ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।
मेराेलगानी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































