पथरी/ मोरङको बेलबारी–९ डाँगीहाट चोकमा अवस्थित काली माध्यमिक विद्यालयका लागि पूर्व निर्वाचन आयुक्त सुरेन्द्रबहादुर बस्नेतले निजी खर्चमा ८० लाखको लागतमा आठकोठे दुई तले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न लाग्नु भएको छ । सो भवनको निर्माण शुरु भै सकेको छ ।
सो भवनको नाम दाताको बुबा र आमाको नाममा नरवम–शिवकुमारी स्मृति भवन राखिने विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष शालिग्राम बस्नेतले बताए । भवन निर्माणका लागि भवन निर्माण समितिको तर्फबाट अध्यक्ष बस्नेतको नाममा खोलिएको बैंक खातामा उक्त ८० लाखलाई पाँच किस्तामा गरी एकाउण्ट पेयी चेकमार्फत आउने शर्त रहेको विद्यालयका प्रधानाध्यापक तिलक लम्सालले बताए । बन्द हडताल नभएमा भवन निर्माण आठ महिनाभित्र गरिसक्नुपर्ने सहमति रहेको छ ।