विराटनगर / विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि. र रोटरी क्लव अफ विराटनगर मिडटाउनको सहकार्यमा निःशूल्क मधुमेह परामर्श तथा निःशूल्क सुगर जाँचको परिक्षण गरिएको छ ।
विश्व मधुमेह दिवसको अवसर पारेर न्यूरोे अस्पताल परिसरमा मंगलबार विरामीको मरामर्श तथा निःशुल्क सुगर जाँच गरेको हो । न्युरोको बरिष्ठ फिजिसियन डा. केशर बहादुर गुरुङ्घ तथा मेडिकल अफिसर डा. साहिल द्धारा स्वास्थ्य परिक्षण गरिएको उतm कार्यक्रममा बरिष्ठ प्याथोलोजिष्ट डा. सागर राज पाण्डे द्धारा मधुमेह सम्बन्धि सचेतना प्रस्तुत गरेका थिए । १ सय ५० जनाको सुगर जाँच गरिएको कार्यक्रममा ४८ जनाको डाइवेटिक न्यूरो प्याथी डिटेक्सन सन फर्मास्युटिकल्सको प्राविधिक सहयोगमा गरिएको थियो भने देउराली जनता तथा टाइम्स फर्मास्युटिकल्स द्धारा निशूल्क औषधी वितरण गरिएको थियो ।
न्यूरो अस्पतालले समय समयमा विभिन्न निःशूल्क स्वास्थ्य शिविरहरु तथा स्वास्थ्य सम्बन्धि विश्व दिवसहरु मनाउदै आम मानिसमा स्वास्थ्य सचेतना गर्दे आईरहेको र यसलाई निरन्तरता दिने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराइले जानकारी दिए ।