रासस/ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ बाट दुईतिहाई बहुमत ल्याएर मधेश प्रदेश बनाइने बताए । सप्तरीको छिन्नमस्तामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मधेसका २२ जिल्ला खोसिएको भू–भागलाई समेत हासिल गर्न संघर्षका साथ अगाडि बढ्ने बताए । मधेशी जनतालाई अधिकारबाट वञ्चित राख्ने नियतले नै अन्तरिम संविधानमा प्राप्त अधिकारलाई समेत खोसिएको बताउँदै सप्तरी क्षेत्र नं २ का उम्मेदवार समेत रहेका यादवले हरेक तहमा बराबरीको अधिकारका लागि संघर्ष जारी रहेको बताए ।
२ नं प्रदेशलाई मधेस प्रदेश बनाइने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































