अमेरिकन हर्ट एसोसिएशनको रिसर्चको अनुसार, लसुनमा पाईने फाइटोकेमिकल्स पुरुषको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । प्रोस्टेट क्यान्सर र कार्डियो भेस्क्यूलर डिजीजमा यसलाई खाँदा थुप्रै स्वास्थ्य लाभ प्राप्त हुन्छ । यसकारण चिकित्सकका अनुसार, पुरुषलाई सुत्नुअघि भुटेको लसुनको एक पोटी खान सल्लाह दिने गरिन्छ । यसको सेवनले हुने ७ फाइदाहरू यसप्रकार छन् ।
१-लसुनमा पाईने एलिसिनले रक्तसंचारमा सुधार ल्याउँछ । यसले स्टेमिना बढाउँछ । २-यसमा सेलेनियम, भिटामिन्स हुन्छ । यसले स्पर्मको क्वालिटीमा सुधार ल्याउँछ र फर्टिलिटी बढ्छ । ३-यसमा पाईने एलिसिनले सेक्स हार्मोनको लेभल सन्तुलित रहन्छ । यसले इरेक्टाइल डिस्फंक्शनको समस्याबाट बचाउँछ । ४-यसबाट कोलेस्ट्रोल लेभल नियन्त्रण रहन्छ । यसले मुटुको समस्याबाट बचाउँछ । ५-यसमा पाईने एन्टीअक्सीडेन्ट्सले मेटाबोलिज्म सुधार हुन्छ । मोटोपन तीव्र रूपले कम हुन्छ । ६-यसबाट शरीरको टोक्सिन्स हट्छ । यसले किड्नी, लिभर समस्याबाट बचाउँछ । ७-यसमा एन्टी कार्सिनोजिनक एलिमेन्ट्स हुन्छ । यसले प्रोस्टेट क्यान्सरबाट बचाउँछ ।
भुटेको लसुन खाने ३ तरिका १-भुटेको लसुन महमा मिलाएर खानुहोस् । २-सूप बनाउने क्रममा लसुन मिलाएर खान सक्नुहुन्छ । ३-हरियो धनियाँको चट्नी बनाउने क्रममा लसुनलाई मिक्स गरेर खानुहोस् ।