झापा । झापाको दमक नगरपालिका-३ बस्ने टेक बहादुर चौहानको घरमा भएको किराना पसलमा गएराती आगलागी भएको छ।
१२;४५ बजे विधुत लाइन सर्ट भइ अचानक लागेको आगोले उनको किराना सामान, फेन्सि सामान गरी अन्दाजी ५ लाख मुल्य बराबरको क्षति भएको बताइएको छ।
आगलागी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा १ घण्टा पछी नियन्त्रणमा लिएको प्ररहीले जनाएको छ। यस्तै उदयपुरको त्रियुगा नगरपालिका-२ खैजनपुर बस्ने बलराम उप्रेतीको गोठमा समेत शुक्रबार आगलागी भएको छ।
बेलुका ७ बजेतिर आगो ताप्ने क्रममा अचानक लागेको आगोले उनको गोठमा रहेको धान, मकै र गोठ पूर्णरुपमा जलेर अन्दाजी ३ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी चौकी जोगीदहबाट खटिए प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।