चक्रघट्टि । सुनसरीको बराह नगरपालिकाको मर्निङ स्टार इङलिस बोडिङ स्कुलको २५ औ स्वर्ण जयन्ती मनाइएको छ । दुईदिन सम्म सञ्चालित स्वर्ण जयन्तीमा स्कुलले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरि स्वर्ण जयन्ती मनाएको हो । पहिलो दिनको कार्यक्रममा नर्सरी देखि कक्षा ५ सम्मका बिध्यार्थीहरुले कुटुमा कुटु , छपक्कै फुल फुल्यो लगायतका गितमा नृत्य एवम गायन प्रस्तुत् गरेका थिए । बिध्यार्थीहरुद्धारा स्वास्थ्य नै धन हो । कसरी स्वास्थ्य रहन सकिन्छ भन्ने बिषयलाई समेटेर नाटक प्रस्तुत गरेका थिए । दोसो्र दिनको कार्यक्रममा ५ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुले समुहगत रुपमा पालै पालो नृत्य र गायन प्रस्तुत गरेका थिए । अभिभावकको तर्फबाट पुरन राइले गित प्रस्तुत गरेका थिए भने शिक्षकहरुको तर्फबाट जोसव लेप्चा र भावना कार्की ढोलेद्धारा सुन— भनन गित प्रस्तुत गरेर मनोरन्जन प्रदान गरेका थिए । स्वर्ण जयन्तीको अवसरमा बिद्यालय स्थापना कालका प्रिन्सिपल थोमस लेप्चा , स्थापना कालदेखी शिक्षण गर्दे आइरहेका शिक्षकहरु जोसव लेप्चा र बिनोद शेर्पा ,स्थापना कालदेखि कार्यरत कर्मचारी केदार मण्डल ,हालका प्रिन्सिपल फादर विनु जेकप , इटालियन स्वयंमसेवक सिस्टर मेरीलाई सम्मान गरीएको थियो । बिनोद शेर्पाको अध्यक्षता तथा बराह नगरपालिका सह सचिव डिल्लिराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाइ सम्बोधन गर्दै । प्रमुख अतिथि अधिकारीले शिक्षाको उदेश्य कोही पनि शिक्षाको अवसरबाट बञ्चित नभई सबैले समान रुपमा गुणस्तरीय शिक्षा पा्रप्त गर्नु प्रमुख रहेको वताएका छन् ।गुणस्तरीय शिक्षाका लागि निजी तथा सामुदायिक बिद्यालय बिच प्रतिस्पर्धा हुनु जरुरी छ । घोकन्ते बिद्या मात्रै शिक्षा होइन । प्रयोगात्मक र अतिरिक्त क्रियाकलापतर्फ बिद्यर्थीलाई केन्द्रित गराउन अधिकारीले अभिभावकहरुलाई सुझाव दिएका छन् ।