विर्तामोड । शनिवारदेखि झापाका राष्ट्रिय राजमार्गमा व्याट्रीबाट चल्ने रिक्सा (ई(रिक्सा) चलाउन नपाइने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालका अनुसार राष्ट्रिय राजमार्गमा ई(रिक्सा चलाउन नदिने सरकारको नियमलाई पालना गर्न लागिएको हो । यातायात व्यवस्था विभागले ई(रिक्सालाई राष्ट्रिय राजमार्गमा चल्ने नदिइने परिपत्र जारी गरेको थियो । आजदेखि सोही नियमलाई पालना गर्दै कोशीमा ई( रिक्सालाई राष्ट्रिय राजमार्गमा चल्न बन्देज लगाइएको छ । झापामा शनिवारबाट कडाईंका साथ उक्त नियम लागु गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक(इन्सपेक्टर) राजेश राईले जानकारी दिए ।