इटहरी । नेपाली काङ्ग्रेस सुनसरी क्षेत्रनम्वर २ ले प्रदेशको राजधानी इटहरीलाई बनाउँन माग गरेको छ । इटहरी प्रदेश नम्वर एकको १४ जिल्लाको लागी उपयुक्त रहेको भन्दै इटहरीलाई प्रदेशको राजधानी बनाउन माग गरेको हो ।
प्रदेशको राजधानीको विषयमा चिया पसल देखि भट्टी पसलहरु सम्ममा छलफल हुन थालेको भन्दै इटहरीको विकल्प नखोज्न काङ्ग्रेसले सरकारलाई आग्रह गरेको हो । नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति मणिराम श्रेष्ठले इटहरीमा प्रशस्त जग्गा जमिन र निमार्ण सम्पन्न भएको ठुला ठुला भवन रहेको भन्दै त्यसै भवनमा मन्त्रालयहरु राख्न माग गरे । सरकारलाई आर्थिक भारबाट जोगाउँन पनि इटहरी प्रदेशको राजधानी उपयुक्त छ उनले थपे ।नेपालकै विकासित शहर इटहरीको विकल्प नखोज्न नेपाली काङ्ग्रेसले आग्रह गरेको छ । इटहरीमा रहेका क्षेत्रिय कृषि केन्द्र,रेशम खेती, लगायतका ठुला जमिनहरु रहेको भन्दै इटहरीलाई राजधानी बनाउँनु सरकारले ढिलाई गर्नु हुदैन क्षेत्रीय सभापति श्रेष्ठले भने । सबै जातजातीको वसोबार रहेको इटहरीलाई प्रदेशको राजधानी बनाउँनु पर्छ उनले थपे ।काङ्ग्रेसले शनिवार इटहरीमा एक विज्ञप्ती जारी गदै राजधानी बनाउँन माग गरेको हो ।
नेपली काङ्ग्रेस क्षेत्रीय सभापति तथा अधिवक्ता रमेश पोखरेलले इटहरीलाई राजधानी बनाउँन सरकारले ढिलाई गरीसकेको वताए । इटहरी जस्तो राजधानीको लागी उपयुक्त शहर नभएको उनको भनाई थियो । हामी इटहरीलाई राजधानी बनाउँन आतुर छौ सरकारले छिटो निर्णय गरोस । राजधानी बनाउँने विषयमा हामी गम्भिर छौ पोखरेलले भने । राजधानी वनाउँन इटहरीवासीले शान्तीपूर्ण आन्दोलन सुरु गरीसकेको जनाउँदै इटहरीको विकल्प नखोज्न सरकारलाई काग्रेसको आग्रह छ ।