हाम्राे युवा समाजद्वारा रक्तदान
धरान/सुनसरीमा भएको रगत अभावलाई मध्यनजर गर्दै धरान–५ देउरालीको हाम्रो युवा समाज धरानले रक्तदान कार्यक्रम गरेको छ ।
शनिबार देउराली चौकमा गरिएको रक्तदानमा ४२ युनिट रगत संकलन भएको समाजका अध्यक्ष दीपक तामाङले बताए । जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो । समाजले गतवर्षदेखि रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।
रक्तदाताहरुलाई समाजले प्रमाण पत्रसमेत प्रदान गरेको थियो । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य सांसद जयकुमार राईले रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गर्दै समाजले गरेको कार्यको प्रशंसा गरेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































