इलाम/ देउमाइ नगरपालिका ६ फुटुकमा सोमबार बिहान आगलागी हुँदा डेबिड साउदेनको घर पूर्ण रुपमा नष्ट भएको छ । सोही घरमा डेरा गरी बस्ने देवी नेपालको पसलमा समेत क्षति पुगेको बताइएको छ ।
बिहान ११ बजे विद्युत सट भई आगो शुरु भएकोे प्रहरीको भनाई छ । घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको छानो भएको २ तले घर र पसल जल्नु साथै खाद्यान्न, भाडावर्तन लत्ताकपडा समेत पुर्ण रुपमा जलेको बताइएको छ ।
आगलागीबाट साउदेनको अन्दाजी ३० लाख र नेपालको ९ लाख ६० हजार क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।