मोरङ/ मोरङको सुनवर्षी नगरपालिका-८ स्थित ५ घरमा आइतबार आगलागी भएको छ।
स्थानिय मोहमद मुस्ताक आलमको घरमा धान उसिन्ने क्रममा चुलोबाट दिउँसो २:३० बजे अचानक सल्केकको आगोले उनको फुसको छानो भएको २ वटा घर, मुर्सिद मियाको घर, हमिद मियाको, मरुनिया मियाको, र जुबेद मियाको टिनको छानो भएको २ वटा, किराना पसल, फ्रिज, तथा सम्पुर्ण सामान जलेर नष्ट भएको छ।
आगलागीबाट १६ लाख २९ हजार मुल्य बराबरको क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोली र स्थानिय मनिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरेल जानएको छ।