बदाममा स्वादको साथसाथै विभिन्न प्रकारको पोषकतत्वहरु पाइन्छ । बदाममा भिटामिन, मिनरल्स, न्युट्रिएन्ट्स र एन्टिअक्सिडेन्ट्स हुन्छ जसले शरिरलाई स्वस्थ राख्नुका साथै स्फुर्ति समेत प्रदान गर्दछ ।

यसमा भिटामिन बि कम्प्लेक्स, रिफ्लेबिन, थियामिन, भिटामिन बि६, भिटामिन बि९ र पेटोथेनिक एसिड जस्ता तत्वहरु पाइन्छ जसले पौष्टिकतामा वृद्धि गर्छ । बदामलाई धेरै प्रकारले प्रयोग गर्न सकिन्छ । यसको तेल पनि स्वाद र स्वास्थको लागि धेरै प्रचलित छ । बदाम हाम्रो देशका धेरै भुभागमा सजिलै पाइन्छन् ।

यस्ता छन् बदामका फाइदाहरुः १. बदाममा एन्टीअक्सिडेन्ट धेरै मात्रामा हुन्छ जुन बदामलाई उसिनेमा झनै धेरै सक्रिय हुन्छ र यसमा पाइने बायोचानिन् ए दुई गुणा र जेनिस्टइन चार गुणा बढ्छ । जसले तपाईको शरिरमा भित्री सरसफाई सुचारु र नियमित रुपले गर्छ । २. बदाम प्रोटिनको धेरै राम्रो स्रोत हो । यसमा हुने अमिनो एसिड शरिरको ग्रोथको लागि धेरै राम्रो हुन्छ र बच्चाको लागि यो धेरै लाभकारी छ । ३. बदामलाई गर्भवती अवस्थामा खान सुरु गरेमा बच्चामा हुने गम्भिरखालको न्युरल ट्युव डिफेक्ट ७० प्रतिशतसम्म कम हुन जान्छ । ४. बदामले शरीरको खराब कोलेस्ट्रोललाई कम गर्छ र राम्रो कोलेस्ट्रोललाई बढाउँन मद्दत गर्छ । यसमा अलैक एसिड हुन्छ जसले मुटु सम्बन्धी रोगहरुबाट छुटकारा मिल्छ । ५. वास्तवमा बदामलाई सस्तो काजु यसकारणले मात्रै भनिदैन कि यो काजु जस्तै सेतो हुन्छ र कैयौं पटक काजुको सट्टामा बदाम प्रयोग गरिन्छ । खासमा यसमा काजुको जस्तै भिटामिन ए भरपुर मात्रामा पाइन्छ । यसले तपाईको छाला र कपाललाई अझै राम्रो बनाउँन मद्दत गर्छ । ६. यसमा पोटासियम, मेग्निज, कपर, क्याल्सियम, आइरन सेलेनियम र जिन्क जस्ता अतिआवश्यक मिनरल्स पाइन्छ । जुन शरिरका विभिन्न खालका कार्यको लागि धेरै जरुरी छ । हप्तामा कम्तीमा दुईपटक बदाम खाएमा तौल बढ्ने सम्भावना कम हुन्छ । ७. बदाममा भारी मात्रामा पाइने पोली फेनोलिक एन्टिअक्सिडेन्ट र कोमेरिक एसिडमा पेटको क्यान्सरको सम्भावनालाई कम गर्ने गुण हुन्छ । ८. बदाममा पाइने म्याग्नेसियमले क्याल्सियम, फेट्स र कार्वोहाइड्रेट्स हाम्रो शरिरमा मिल्छ र रगतमा सुगरको स्तर नियन्त्रण गर्छ । ९. बदामको सेवनबाट क्रोनिक छाला सम्बन्धी रोगहरु जस्तो एग्जिमा र सोराइसिसको पनि उपचार सम्भव छ । यसमा पाइने फेटी एसिडले सुन्निने र छालाको रातोपना पनि कम हुन्छ । १०. बदाममा पाइने भिटामिन ई, जिंक र म्याग्नेसियमले छालालाई ताजापना र चमक दिनुको साथै ब्याक्टेरियाले पनि छालालाई बचाउँछ । यसमा हुने प्रोटिनले शरिरमा नयाँ कोषहरुको निमार्ण गर्छ । बदामले बढ्दो उमेरमा आउने समस्याहरुसँग लड्नुको साथसाथै छालामा ओस राखिरहन्छ । यसमा छाला, कपाल, शरिरको साथमा भित्री अंगहरुलाई लाभ पुर्याउने खालका गुण भरपुर मात्रामा पाइन्छ ।