शनिश्चरे/व्यक्तित्व र नेतृत्व विकास गर्दै विधिको साशन प्रणालीमा जोड दिने मुख्य लक्ष्य बोकेको नेपाल जेसीजको ४४ औं राष्ट्यि अधिवेशनबाट सन् २०१८ का लागि गोरखाका श्रीधर वस्याल अध्यक्षमा निर्वाचित भएका छन् ।
[caption id="attachment_66521" align="aligncenter" width="720"] श्रीधर वस्याल[/caption]भैरहवामा सम्पन्न अधिवेशनबाट सुनसरीको इटहरी जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारी उपाध्यक्ष महेश पौडेललाई पराजित गरी गोरखास्थित रामग्राम जेसीजका पूर्व अध्यक्ष वस्याल विजयी बनेका हुन् । वस्याल सन् २०१७ का कार्यकारी उपाध्यक्ष हुन् ।
एक व्यक्ति एक पदको अवधारणामा १ वर्षको रहने कार्यकालका लागि मोरङको पथरी जेसीजका संस्थापक अध्यक्ष शंकर कार्यकारी उपाध्यक्षमा निर्वाचित भएका छन् । उनकै अगुवाईमा पथरी जेसीज सन् २०११ मा स्थापना भएको थियो । उनी नेपाल जेसीजको पूर्व उपाध्यक्ष थिए । ४ जना कार्यकारी उपाध्यक्षमा शंकरका साथै रश्मि शिल्पकार, पदम विक्रम सिंह र सेनविकास मानन्धर रहेका छन् ।
१२ जना उपाध्यक्षमा, मोरङ विराटनगरका श्यामसुन्दर पौडेल, गछियाका अमिस ढकाल, सुनसरीको इटहरी लेडी जेसीजकी रश्मी निरौला चयन भए । यसका साथै विभिन्न जिल्लाबाट विजय गुरुङ, रविन पोखरेल, टेकराज रेग्मी, राजेन्द्र घिमिरे, सुमित्रा शर्मा, विजय घिमिरे, जनक घिमिरे, गोविन्द देवकोटा र रञ्जना चापागाईं चुनिएको पूर्व उपाध्यक्ष मञ्जरी घिमिरेले जनाइन् । सन् २०१७ का राष्ट्यि अध्यक्ष प्रकाशप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनको एक समारोहबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले उद्घाटन् गरेका थिए । जेसीजमा १८ देखि ४० वर्षसम्मका युवाहरु सदस्य हुने गर्छन् ।