विराटचाेक । मोरङको सुन्दरहरैचा नगरपालिका-९ स्थित राजमार्गमा पश्चिमतर्फ जादै गरेको मे २ प ५७०१ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँका ६० बर्षिय ललितबेघालाई ठलक्कर दिई भाग्ने क्रममा धरानबाट काँकडभिट्टातर्फ जादै गरेको को १ ख २१६४ नम्बरको बसमा ठक्कर खाइ दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक इलाम नगरपालिका-८ बस्ने ३० बर्षिय सोबित राइको उपचारको क्रममा मृत्यु भएको छ।

गम्भिर घाइते उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज विहान २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। बसका चालक प्रहरीको नियन्त्रणमा छन्।