झापा । झापाको बाह्रदर्शी-५ बुधबारे ईटाभट्टा नजिकै रहेको पैनीमा डुबेर मंगलबार एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका सुरोजित बर्मनकी ११ महिनाकी छोरी स्वस्तिका बर्मन रहेकी छिन्।

साँझ ५ बजेतिर बाबु आमा ईटाभट्टामा काम गरी रहेको अवस्थामा बालिका खेल्ने क्रममा उक्त पैनीमा डुबेकी स्थानियले बताए। घटनाबरे अनुसन्धान भइरेहको प्रहरी चौकी फुलबारीले जनाएको छ।