विराटनगर/ जाडोले कठ्याङग्रिएकी वृद्धा चन्द्रकुमारी ठाकुरीलार्इ सहयाेगी हातहरू बढ्न थालेका छन् । ब्लाष्ट टाइम्स दैनिकमा समाचार प्रकाशित भएपछि ७८ वर्षिय वृद्धालाई विभिन्न सामाजिक संघसंस्था र व्यक्तिगत रुपमा सहयोग गर्न आउने क्रम सुरु भएको हो ।

[caption id="attachment_66652" align="aligncenter" width="4096"] वृद्धालाई नगद तथा लत्ताकपडा वितरण गर्दै ।[/caption]

विराटनगर – ११ पिचराको दुर्गा मन्दिर छेउँमा सानो छाप्रो बनाएर बसोबास गर्ने वृद्धालाई विभिन्न संघसंस्थाले बुधबार लत्ता कपडा, ओड्ने ओछ्याउने र नगद दिएका छन् । त्यसैगरी स्थानिय समाजसेवी विराटनगरका राम राईले जस्तापाता सहयोग गरेका छन् । उनले वृद्धा बसोबास गर्ने घुम्तिलाई व्यवस्थीति रुपमा जस्तापाताले मर्मत गरिदिन थालेका छन् । अहिले वृद्धा बसोबास गर्ने स्थानमा निमार्ण कार्यसमेत सुरु हुन थालेको छ । ब्लाष्टमा मुटु काम्ने जोडोमा ‘वृद्धाको कष्टकर जीवन’ भनेर प्रथम पृष्ठमा समाचार प्रकाशित भएपछि वृद्धालाई मनकारी संघसंस्थाले सहयोग गर्न थालेका हुन् ।

[caption id="attachment_66654" align="aligncenter" width="4096"] वृद्धा ठाकुरी बसोबास गर्ने छोप्रोलाई जस्तापाता लगाएर मर्मत गरिदिदै ।[/caption]

पुसको सुरुवातदेखिनै सितलहरसँगै जाडो बढेपछि वृद्धा चन्द्रकुमारीकाे बसोबास स्थानामा पानी चुने गरेको थियो । जाडो बढेपछि उनी तावामा आगो बालेर रात कटाउने गरेकी थिइन् । ‘यस्तो दनिय अवस्था रहेको वृद्धाको पीडा पत्रिकाले उठान गरिदिएपछि सहयोग गर्ने मौका मिलेको छ’, समाजसेवी राईले भने,‘ पानी चुने र हावा छिर्ने समस्या जस्तापाताले बेरिदिएर अन्त्य गर्नेछु । वृद्धा बसोबास गर्ने वरीपरि जस्तापाता लगाएर निमार्ण गरिदिने उनले बताए ।

त्यसैगरी माया घर नेपालले वृद्धा ठाकुरीलाई नगद ५ हजार रुपैयाँ सहयोग गरेका छन् भने ट्रवीटेरियन सोसाइटीले साडी, जाडोमा लगाउने न्यानो कपडा र कमल वितरण गरेका छन् । यसअघि लायन्स क्लब एकेडेमी विराटनगरले वृद्धालाई ओढ्ने सिरक, डसना, ज्याकेट र विस्कुट सहयोग गरेको थियो । महिला तथा बालवालिका केन्द्र मोरङले छाप्रोलाई सितबाट जोगाउन त्रिपाल प्रदान गरेको थियो ।