मोरङ/ मोरङको पथरीशनिश्चरेमा विश्वशान्तिको कामना गर्दै लामा धर्मगुरुहरुद्धारा १६ दिने जप ध्यान क्रियातन्त्र साधना तथा अभ्यास विश्वशान्ति पूजा बुधबारबाट सुरु भएको छ ।

नेपाल तामाङ लामा घेदुङ केन्द्रीय समितिको आयोजनामा पथरीशनिश्चरे १० स्थित भूटानी शरणार्थी शिविरमा रहेको ओम सियार जम्बुलिङ वज्र गुम्बामा १ नम्बर प्रदेशस्तरीय विश्वशान्ति पूजा सुरु भएको हो ।

संस्थाका अध्यक्ष एवम् धर्मगुरु लामा पाल्देन योञ्जन, अन्तरराष्ट्यि तामाङ परिषद अध्यक्ष महेन्द्रजंग तामाङ सहितले द्धिप प्रज्वलन गरी कार्यक्रमको सामुहिक उद्घाटन् गरेका छन् ।

सो अवसरमा धर्मगुरु योञ्जनले पुस २७ गतेसम्म हुने पूजा ४ तहमा सम्पन्न गरिने उल्लेख गरेका छन् । ०६१ सालदेखि वर्षेनी यसखाले पूजा विभिन्न ठाउँमा थालिएको जानकारी गराउँदै उनले नेपालको शान्तिका साथै विश्वको शान्तिका लागि कामना गर्दै मानवहितप्रति आफुहरु समर्पित रहने बताए ।

उनले शान्तिका साथै समृद्ध राष्ट् र चेतनशिल समाज निर्माणको सन्देशका लागि ध्यान गरिने जनाए । मञ्जुश्री सम्वत २८५४ औं नयाँ वर्षको (कुकुर वर्ग)को सन्दर्भ समेत पारेर त्यहाँ १ सय बढी लामाहरुद्धारा सामुहिक रुपमा जप ध्यान सहितको निरन्तर पूजा आराधना थालिएको छ ।