इटहरी/ इलाका प्रहरी कार्यालय इटहरी अहिले जहाँ छ कार्यालय व्यवस्थापनमा निकै साँघुरो हुँदै गएको छ । २४ घण्टा सुरक्षामा अटिने प्रहरी समेत उपमहानगरपालीकाको भुईमा बस्न बाध्य छन । करीव ४ वर्ष अगाडी इलाका प्रहरी कार्यालयको भवन निर्माणकोलागि तीन करोड ४८ लाख रुपैयाँ इलाका प्रहरी कार्यालय इटहरीका लागि जग्गा खरीद गर्न छुटयाइए पनि प्रहरी प्रशासन र राजनितिक दलहरु विचको खिचातानीको कारण बजेट फिर्ता हुदा इलाका प्रहरी कार्यालय पुरानै साँघुरो पूर्वाधारमा बस्न बाध्य छ । जुट अनुसन्धानको एक विगाहा जग्गा प्राप्त गर्नु राजनीतिक दल, साँसद् तथा प्रहरी र जिल्ला प्रशासन कार्यालयले थालेको पहलमा कृषि मन्त्रालय बाधक बने पछि अहिले जग्गा खाज्ने अभियान पनि राेकिएको छ । इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले इलाका प्रहरी कार्यलय साधुरो हुदा प्रहरीहरु बस्न समस्या भईरहेको वताए । इलाका प्रहरी कार्यलयका सबै हल्दार र जवानहरु इटहरी उपमहानगरपालीकाको सास्कृतिक भवन बस्दै आएको वताए । उनले भने उपमहानगरपालीकाले प्रहरीहरुलाई त्यहाँबाट हटाउँनु भने पछि झनै समस्या हुन थालेको उनको भनाई थियो । खै कहाँ कसरी ब्यावस्थापन गर्नु समस्या हुने भयो उनले थपे । इटहरीका माओवादी नेता सागर सुवेदीले इलाका प्रहरी कार्यलय भवन बन्ने बजेट समेत आएको भए पनि आर्थिक चलखेल भएको भन्दै चार वर्ष अगाडी फिर्ता भए पछि समस्या आईरहेको वताए । इलाका प्रहरी कार्यलय साधुरो ठाउँमा भएको कारण अहिले प्रहरीलाई मात्र नभई सर्वसाधरणहरुलाई समेत समस्या भईरहेको सुवेदीको भनाई छ । राजनितिक दलहरुले भन्दा पनि स्थानीय सरकारले प्रहरी कार्यलय भवनको ब्यावस्था गर्नु पर्छ उनले भने । प्रहरी कार्यलयको आवश्यकता खट्किएको छ जसरी भए पनि चाडोे ब्यावस्थापन गरियोस् उनले भने । जनसंख्या वृद्धिसँगै शहरीकरण हुँदै गएको इटहरीमा झण्डै एक सय प्रहरी आवश्यक परे पनि ठाउँ अभावको कारण समस्या हुदै आएको छ । राज्यले तत्काल जग्गा खोजेर वस्ने सम्मका ब्यावस्था गर्नु पर्छ सामाजिक अगुवा तथा माओवादी नेता मदन चुडालले भने भवन वनाउँन आएको बजेट फिर्ता भएर प्रहरीहरु नगरपालीकाको भईमा सुत्न बाध्य हुनु कस्को कम्जोरी हो ? चुडालले थपे । राजनितिक दलहरुको पनि कमजोरीको कारण बजेट फिर्ता भएको वताउँदै तत्काल जग्गा खोजी प्रहरी कार्यलय ब्यावस्थापन गर्नु पर्ने उनको माग छ । गृहमन्त्री शक्ति वस्नेत र विजय कुमार गच्छदार हुदा देखि इटहरीमा रहेको रेशमखतीको जग्गा प्रहरीलाई दिने भए पनि कृषि मन्त्रालयले उक्त जग्गा दिनु हुदैन भनेर रोके पछि खोजी अभियान रोकिएको छ काग्रेस नेता रमेश पोखरेलले भने । ऐलानी जग्गालाई उपमहानगरपालीकाले आफ्नो मातहतमा ल्याई जग्गा मिलाउँनु पर्ने उनको तर्क छ । इटहरीका केहि अगुवाहरु प्रहरी कार्यलय माग्दै ठुला नेता र मन्त्रीलाई भेट्न पुगे पनि निरन्तरता अभाव र राजनितिक पार्टीहरु विच जिम्मेवारीको श्रेय कस्ले पाउँने भन्ने होटका कारण अहिले सम्म प्रहरीको भवन नबनेको उनको आरोप छ । इलाका प्रहरी कार्यालय इटहरीमा सई बस्दा देखिको कार्यलयमा अहिले डिएसपी बस्न थाल्दा पनि त्यही सानो र जिर्ण भवन हुदा सुरक्षाकर्मीहरुले हाल समस्या भोग्दै आएका छन् । इलाका प्रहरी कार्यालयको भवन सानो हुदा हाल प्रहरीहरु इटहरी उपमहानगरपालिकाको सांस्कृतिक भवनमा बस्दै आएका छन् । जनसंख्याको आधार र अपराधको वृद्धीदर हेरेर विभागले दरबन्दी थपघट गर्ने भए पनि इटहरीमा जनशक्ती अहिले अभावनै भएको छ । इटहरीमा ११ अस्थायी प्रहरी पोष्टसहित १८ वटा कार्यालय छन् । एक दर्जन भन्दा बढी स्थानमा अझै प्रहरी कार्यालय राख्नु पर्ने स्थानीयको माग छ । तर, इटहरीमा हाल एक सय ६२ जनाको दरबन्दी छ ।