भद्रपुर । प्रतिनिधि सभामा निर्वाचित झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देनले विकास निर्माण लगायत अन्य काम गर्न मन्त्रीनै हुन जरुरी नरहेको बताएका छन् । निर्वाचित पछि झापाली पत्रकारहरुसँग विहीवार विर्तामोडमा चियापान तथा धन्यवाद ज्ञापन दिदै लिङ्देनले यस्तो बताएका हुन् । जनताले दिएको मतलाई आफनो दायित्व ठानेर झापाको दक्षिणी क्षेत्रमा परिआएका सवै काममा आफनो विवेक पुर्याएर काम गर्ने आश्वासन दिएका छन् । आफुलाइ विकास प्रेमी र भष्ट्रचार विरोधि हो भन्दै जनताले मत दिएको हुनाले यस्को प्रमाणीकरण गरेर देखाउनु मेरो पहिलो कतव्र्य रहेको उनले उल्लेख गरेका छन् । सरकारमा जाने इच्छा नभएको भन्दै केपी ओलीको नेतृत्वमा सरकार गठन भएमा परिस्थिती फेरिन सक्ने उनको भनाइ थियो । राप्रपाका महामन्त्री समेत रहेका लिङ्देनले सम्पन्न निर्वाचनमा पार्टीले झापा बाहेक अन्य जिल्लामा विजय हासिल नगरेको विषयमा यहि १९ देखि २१ गते सम्म हुन गइरहेको केन्द्रीय कमिटीको बैठकमा समीक्षा हुने जनाए । निर्वाचनको समयमा सञ्चार जगतवाट ठुलो सहयोग पाएको स्मरण गराउदै सहयोगलाइ निरन्तरताको लागि अनुरोध गरेका थिए । क्षेत्र नम्बर ३ मा बाम गठबन्धनवाट उनि विजयी वनेका थिए भने काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला पराजित भएका थिए ।