धनकुटा । स्थानिययुवाहरु विचको आपसी झगडामा कुटपिट भएपछि धनकुटा खाल्सा छिन्ताङ्ग सहिदभूमि गाउँपालिका अन्तर्गत थलथले वजार आँखिसल्लाका एक यूवाभने मरणसन्न हुने गरि कुटाई खाएका छन् । खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकाको आँखिसल्ला स्थित् थलथले वजार र पिप्लेको सिमानामा रहेको पानीटारमा वुधवार साँझ आपसी बिवादका कारण २ समुहबीच भएको झगडामा वडा नं. ६ थलथलेका २६बर्षिय प्रदिप राई (समिर) गम्भिर घाईते भएकाहुन् । घाईते राईको टाउकामा गम्भिर चोट लागेको छ भने शरिरको विभिन्न भागमा पनि गम्भिर चोट लागेको छ । गम्भिर घाईते भएका प्रदिपराईसंग रहेका ४ जना र अन्य ८ जनाको समुह बिच बुधबार बेलुका७.३० एक आपसमा पानी टारमा झगडा भएको थियो । झडपपछि बेपत्ताभएका राईको मोवाईल र जुत्ताअम्रिसो घारीमा भेटिएपनि राई विहिवार १ वजेसम्म बेपत्ता थिए । वेपत्ता भनिएका राई अपरान्ह २ वजे आँखिसल्ला नजिकैको थलथले वजार नजिकैको सुके आहालमा सक्त घाईते अवस्थामा आफन्तलाई सहयोग माग्नआई पुगेका थिए । झडप पछि बेपत्ताभएका राईका अन्यतीन साथीहरु बालकुमार राई, रेशम राई र दिवश राई वुधवार साँझमा नै सम्पर्कमा आए पनि प्रदिप भने गम्भिर घाईते भएकाले अर्को समुहले खेदाउँदै लगेर कुटपिट गरेका कारण वेपत्ता थिए । रेशम र दिवस राई भने खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका वडा नंं.४ खोकुका हुन् । गम्भिर घाईते प्रदिप र बालकुमार राई भने थलथले वजारका स्थानिय वासिन्दा हुन । उनीहरु चारै जना जिल्ला घरेलु उधोग विकास समितिले संचालन गरिहेको मोवाइल तालिम लिइरहेका थिए । वुधवार रमेश र दिवशको गाउँखोकुमा सुन्तला खान जाने क्रममा साँझ पानीटारमा थलथले वजारकै साजन राई, कविराज राई, मधुराई, नरेश राई, गोरे भन्ने प्रेमप्रसाद राई, क्षितिज राई लगायत आठ जनाले निर्घात कुटपिट गरेको प्रदिपका मामा केशव राईले ब्लाष्टलाई वताएका छन् । घट्ना पछि ८ जनायुवा फरार रहेका छन् । उक्त घट्नागम्भिर हुन सक्ने थलथले प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक धनपति विमलीले बताएका छन् । उक्त घटनामा संलग्न ब्यक्तिको खोजिकार्य र घट्नाको अनुसन्धान भईरहेको छ । झगडा भएको ठाँउमा रगतका टाटाहरु ढुंगाले थिचेर छोपिएको अवस्थामा फेला पारिएको थियो । प्रदिपसंगै खोकु हिडेका तिनजनालाई केही नगरेको र प्रदिपलाई मात्र आठ जनाको समुहले मरणसन्न हुने गरि कुटपिट गरिएको वडा नं.६ का वडाध्यक्ष हेमकुमार राईले ब्लाष्टलाई वताएका छन् । उनको धनकुटा अस्पतालमा उपचार हुन नसेके पछि प्राथमिक उपचार पछि थप उपचारको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घ्टना सुन्तला खान जाने समुहलाई पैसा मागेको र पैसा पनि ५० रुपयाँ दिएको तर त्यतीले नहुने भन्दै कुटपिट गरिएको पिडितका आफन्त केशव राईले वताएका छन् ।