धनकुटा । धनकुटा नगरपालिका वडा नं.४ छारागाउँ घर भएकावर्ष ४५ कि सीतामायाश्रेष्ठ आफ्नै श्रीमानको कुटाईवाट मरणसन्न अवस्थामापुगेकी छिन् ।
[caption id="attachment_66891" align="aligncenter" width="683"] ?[/caption]उनलाई उनका श्रीमानवर्ष ४९ का सिताराम श्रेष्ठले मादक पदार्थ सेवनगरि रातको समयमा घरमा गएर कुटपिट गरि मरणासन्न हुने अवस्थामा पु¥याएको वताईएको छ । घट्ना पौष १० गते सोमवार राती १० वजे भएको गम्भिर घाईते अवस्थामा पुगेकी सिताका दिदिकी छोरी सोनी श्रेष्ठले ब्लाष्टलाई वताएकी छिन । गम्भिर घाईते सितालाई उपचार गराउन धनकुटा अस्पताल आईपुगेकी सोनीले भनिन् “सानिमाका छोरा छोरीले विहिवार मात्र आफुहरुलाई खवर गरेकाले थाहापाएर हेर्न जाँदाविजोक अवस्थामा भेटे पछि उपचार गराउन ल्याएकी हुँ ।” तिनचार दिन अघि नै घट्ना घटेको भएपनि सानावुवा सिताराम श्रेष्ठले कसैलाई नभन्नु भन्दै धम्क्याए पछि डरले छोराछोरीले कसैलाई पनि नभनेको सोनीले वताईन । तर तिन/चार दिनसम्म पनिआमाओछ्यानवाट नउठेपछि दिदिका छोराछोरी भागेर आफ्नो घरमाआए पछि घट्ना वाहिर आएको सोनीको भनाई छ । श्रीमानको कुटाईवाट सिताको टाउकोमा गम्भिर चोट लागेको, आँखा दुवैमा गहिरो चोट लागेको शरिरको विभिन्न भागमा पनि गम्भिर चोट लागेकाले थप उपचारको लागी कोशिअञ्चल अस्पताल विराटनगर पठाइएको जिल्ला अस्पताल धनकुटाका एक चिकित्सकले ब्लाष्टलाई वताएका छन् । आर्थिक अवस्था कमजोर भएकाले निःशुल्क उपचारको लागी कोशिअञ्चल अस्पतालमा पठाईएको उनले वताएका छन् । सोनीले विहिवार सानीमा सितालाई धनकुटा अस्तालमा ल्याएर उपचार मात्र गरिनन्, आफ्नी सानीमालाई मरणासन्न हुने गरि कुटपिट गर्ने सानवुवा सिताराम श्रेष्ठलाई पक्राउगरि कानुनी कार्वाही गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएकी छन् । प्र्रहरीमा उजुरी परेपछि श्रीमती कुट्ने सिताराम श्रेष्ठ फरार रहेको श्रोतले दावी गरेको छ । प्रहरीले भने निजलाई पक्राउ गर्न खोजी कार्य भैरहेको जनाएको छ । गएको श्रावण महिनामा पनि सितालाई निज श्रेष्ठले करङ्ग भाँचिने गरि कुटपिट गरि प्रहरीमा ल्याएर झगडा मिलाएको दिदिको छोरी सोनीले वताएकी छिन ।