भोजपुर (रासस) । भोजपुर पौवादुम्बा गाउँपालिका–३ च्याङ्गे्रमा आगलागी हुँदा तीन जना घाइते भएका छन् । स्थानीय पर्शुराम श्रेष्ठको फुसको छानो भएको दुई तले घरमा आज एक्कासी विद्युत् प्रवाह भई आगलागी हुँदा श्रेष्ठसहित उहाँकी २९ वर्षीया श्रीमती देवी माया श्रेष्ठ र नौ महिनाकी छोरी नवीना श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । देवी मायाको दुवै खुट्टा र नवीनाको चिउँडोमा चोट लागेको छ । आगलागीमा घरभित्र रहेका नगद रु ६० हजार, दुई तोला चाँदी, अन्नपात, लत्ताकपडालगायतका सामग्री जल्दा करिब रु छ लाख बराबरको क्षति भएको प्रहरी चौकी तिवारी भञ्ज्याङले जनाएको छ । आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
आगलागीमा तीन घाइते, रु छ लाख मूल्य बराबरको क्षति
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































