शनिश्चरे/दुवै मिर्गाैलामा खरावी भएपछि झापा भद्रपुरकी समस्यामा छिन् ।

[caption id="attachment_66952" align="alignleft" width="448"] पत्रकार माया पकुवाल[/caption]

बरुण सप्ताहिककी सम्पादक पकुवाललाई उनका जेठाजु सौरभ प्रधानले एउटा मिर्गौला दिने भएका छन् । सौरभको मिर्गौला पकुवालमा प्रत्यारोपण गर्न मिल्ने भएपछि सो को तयारीस्वरुप उनीहरु भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र काठमाडौं गएका छन् ।

१५ वर्षदेखि पत्रकारिता गर्दै आएकी ४६ वर्षीया पकुवालको मिर्गौलामा गत वैशाखदेखि समस्या आएको उनका पति सञ्जय श्रेष्ठले बताए । टाउको दुख्ने र रिङ्गटा चल्ने समस्या भएपछि २०७४ वैशाखमा धरानस्थित वीपी काइराला स्वास्थ्य विज्ञान अस्पतालमा उपचारका लागि गएकी थिइन् । उपचारमा संलग्न चिकित्सकले मिर्गौलामा समस्या देखिएको बताउँदै उनलाई औषधी खान सुझाव दिएका थिए । औषधिले पनि काम गर्न छाडेपछि उपचारमा संलग्न चिकित्सकले उनलाई मिर्गौला प्रात्यारोपण गर्न सल्लाह दिएका थिए ।

रोगको डाइग्नोसिससहितका कामका लागि हालसम्म ५ लाख रुपैयाँ खर्च भइसकेको जनाउँदै उनको उपचारमा सहयोगका लागि परिवारले अपील पनि गरेको छ । चिकित्सकले पकुवालको उपचारमा १५ लाख रुपैयाँ हाराहारी खर्च लाग्ने बताएको पति सञ्जयले जानकारी दिएका छन् ।

आफ्नो पत्रिकामार्फत् समस्यामा परेकाहरुको उपचारमा आर्थिक सहयोग जुटाउन पहल गर्ने पत्रकार माया पकुवाल स्वयम् आज गम्भीर स्वास्थ्य समस्यामा रहेकाले समाजका हरेक क्षेत्रबाट उनको उपचारमा यथाशक्य सहयोग गर्न नारी सञ्चार गृह झापाले पनि अपील गरेको छ । नारी सञ्चार गृह झापा अध्यक्ष सावित्रा दाहाल, सचिव अम्बिका भण्डारी, कोषाध्यक्ष सुशीला संग्रौला, सदस्यद्वय रेजिना गौतम र लीला अनमोल सहितले उनकै निवासमा पुगेर १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । पकुवाल नारी सञ्चार गृहकी सदस्य हुन् ।